IME Life New

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५ दशलमव ८२ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, सूर्यकुण्ड र रिज लाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । भुजुङ र सुपर खुदीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS