काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर २,७१२ को विन्दुमा कायम भएको छ । आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५७ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ७८ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ११ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशतका दरले गुमाएका हुन् ।












