IME Life New

शेयर बजारमा २२ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २२ दशमलव २१ अंकले बढेर २,७७७ को विन्दुमा कायम भएको छ । आज १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४६ कम्पनीको १ करोड १३ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले १३ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले १० दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८५ का इकाइृधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS