IME Life New

शेयर बजारमा १९ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब ११ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको तेस्रो दिन भने बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढेर २,८५१ को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ ।

आज दिनभरिमा ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । अपि पावरको ४० करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी, रिज लाइन इनर्जी र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS