काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ०७ अंकले बढेर २,६७८ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एचआइडीसीएलको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ५८ करोड ४९ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । अरुण कावेली पावरको ५३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ६ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव २० प्रतिशतका दरले गुमाएका हुन् ।