IME Life New

शेयर बजारमा झिनो गिरावट, कारोबार रकम ६ अर्ब ४४ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५४ अंकले घटेर २,७३३ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोण्डको सबैभन्दा धेरै कारोबार भएको । आज यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको ३१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS