IME Life New

दशैं बिदापछिको पहिलो कारोबारमा शेयर बजारमा भारी गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दशैं बिदापछिको पहिलो शेयर कारोबार भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८ दशमलव ५५ अंकले घटेर २,६०४ को विन्दूमा कायम भएको छ । आज जम्मा १६ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२६ कम्पनीको १ करोड ३ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १२ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्द धेरै सेञ्चुरी डिबेञ्चर २०८८ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ऋणपत्र २०८८ का इकाईधनीले ९ दशमलब ११ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS