IME Life New

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले घटेर २,७४१ को विन्दुमा कायम भएको छ । आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । बिओके डिबेञ्चर २०८६ का इकाईधनीले ४ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS