IME Life New

शेयर बजारमा १० अंकको गिरावट, कारोबार रकम साढे ११ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर २,६९८ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३० कम्पनीको २ करोड ६२ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ११ अबै ६५ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड माथिको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ५१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भउको छ । रिडी पावरको ४७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिडी पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS