IME Life New

शेयर बजारमा झिनो गिरावट, कारोबार रकम ७ अर्ब ८१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ९५ अंकले घटेर २,८०४ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रो, शिखर पावरका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । झापा इनर्जीका लगानीकर्ताले १४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS