IME Life New
GBIME

शेयर बजारमा गिरावट कायमै, कारोबार रकम साढे ७ अर्ब माथि

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर २,६३१ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युतका लगानीकर्ताले ७ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS