IME Life New

शेयर ब्रोकरले आइपीओ ल्याउन पाउने, लगानी व्यवस्थापन र परामर्श कार्यको पनि अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब स्टक ब्रोकर (शेयर दलाल)ले साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ) गर्न पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा छैटौँ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। नियमावलीको नियम ११ मा उपनियमक (क) थप्दै धितोपत्र बोर्डबाट अनुमति प्राप्त स्टक ब्रोकरले आइपीओ जारी गर्न पाउने व्यवस्था कायम गरिएको छ।

Esewa
Crest

यसैगरी ब्रोकर अब शेयर कारोबारसँग लगानी व्यवस्थापन तथा परामर्शको कार्य गर्न पाउने भएका छन्। नियमावलीको नियम ३२ मा संशोधन गर्दै ब्रोकरले धितोपत्र कारोबार, लगानी व्यवस्थापन तथा लगानी परामर्श सेवा उपलब्ध गराउन पाउने व्यवस्था कायम गरिएको हो। यसअघि नियमावलीमा ब्रोकरले धितोपत्र कारोबार सेवा उपलब्ध गराउन पाउने व्यवस्था रहेको थियो।

लगानी व्यवस्थापन र परामर्श सेवा प्रदान गरेबापत ग्राहकबाट लिने सेवा शुल्क ब्रोकर र ग्राहकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने व्यवस्था पनि संशोधित नियमावलीमार्फत गरिएको छ।

नियमावलीमा संशोधन गर्दै धितोपत्र बोर्डले पुराना ब्रोकरलाई न्यूनतम चुक्तापुँजी कायम गर्न २०८२ चैत मसान्तसम्मको समय थप गरिदिएको छ। यसअघि न्यूनतम चुक्तापुँजी कायम गर्नुपर्ने समयावाधि २०८२ असार मसान्तसम्म थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS