IME Life New

नेप्सेका सीईओसँग ६५ लाख लगानीकर्तालाई टीएमएस मोबाइल एपमा जोड्न स्टक ब्रोकरको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाइँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)को टोलीले बधाइ दिएको छ। एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर सीईओ चापागाइँलाई बधाइ तथा शुभकामना व्यक्त गरेको हो।

भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरे। ‘अहिले पुँजीबजारमा ६५ लाख लगानीकर्ता पुगिसकेका छन्,’ उनले भने, ‘उनीहरुले वर्षौंदेखि टीएमएसको मोबाइल एप नहुँदा समस्या भोग्दै आएका छन्। तसर्थ, यसलाई तत्काल कार्यान्यनमा ल्याउनुपर्छ।’

Esewa
Crest

अध्यक्ष ढकालले तत्काल टीएमसको मोबाइल एप कार्यान्वयनमा ल्याएर लगानीकर्तालाई सहजीकरणका साथै उनीहरुको हितमा काम गर्न पनि सीईओ चापागाइँसँग आग्रह गरे।

भेटघाट कार्यक्रममा नवनियुक्त सीईओ चापागाइँले आफू निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरु राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। ‘मैले नेप्सेको गतिविधिबारे दैनिक रुपमा जानकारी लिइरहेको छु’, उनले भने, ‘निकट भविष्यमा तपाइँहरुले देख्नेगरी सुधारका कामहरु अघि बढाउनेछु।’

कार्यक्रममा एसबानका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाललगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS