IME Life New

बीमितको गोप्य विवरण चुहाएको भन्दै भारतमा स्टार हेल्थ इन्स्योरेन्सविरूद्ध रू. ५.४२ करोड जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा बीमा नियामकले बीमित सम्बन्धि अति संवेदनशील तथ्यांकहरू चुहावट गरेको आरोपमा निजी क्षेत्रको बीमक, स्टार हेल्थ इन्स्योरेन्सविरूद्ध भारू ३.३९ करोड(५ करोड ४२ लाख ५० हजार रूपैयाँ) नगद जरिवाना गरेको छ।

भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले शुक्रबार बीमा प्राधिकरण ऐन को दफा ११४ (१) र अन्तर्गत बीमा ऐन १९३८ अन्तर्गत जरिवानासँगै  साइबर सुरक्षा सम्बन्धि निर्देशिकाको उलंघनको थुप्रै विषयमा सचेत गराएको हो।

Esewa
Crest

स्टार हेल्थ इन्स्योरेन्सको तथ्यांकमा अनधिकृत पहुँचबाट ३.१ करोड बीमितको संवेदनशील तथ्याङ्क चुहावट भएको विषय गत वर्ष अगस्ट महिनामा उजागर भएको थियो।

यो इन्स्योरेन्सको कोर डाटाबेसमा अनधिकृत पहुँच स्थापित गर्दै ह्याकर समूहले मोबाइल नम्बर, करदाता दर्ता विवरण, ठेगाना, र चिकित्सिक प्रतिवेदन हात पारेको थियो।

मेडिकल रिपोर्टहरू सहितको बीमकको चोरी भएको बीमितसँग सम्बन्धित तथ्यांक र प्रमाणहरू टेलिग्राममा र वेबसाइटहरूको माध्यमबाट च्याटबोटहरू मार्फत सार्वजनिक रूपमा पहुँचयोग्य थिए।

अनधिकृत पहुँच कायम गर्न सफल भएको ह्याकर समूहले कम्पनीको कार्यकारी प्रमुखलाइ ज्यान मार्ने धम्की र बन्दुकको गोली समेत पठाएको थियो।

स्टार हेल्थ इन्स्योरेन्सले तथ्यांक चुहावटमा बीमा कम्पनीको सूचना प्रविधि विभाग प्रमुखको कुनै दोष पुष्टी हुने प्रमाण फेला नपरेको जानकारी स्थानीय अधिकारीलाइ गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS