IME Life New

सञ्चालकको भत्ता र सुविधा बढाउँदै स्ट्यान्डर्ड चार्टर्ड बैंक, डाक्यो साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सञ्चालकको भत्ता र सुविधा बढाउने भएको छ।

बैंकले सञ्चालक समितिका सदस्यहरुको भत्ता र सुविधा बढाउने प्रस्ताव पारित गर्न आफ्नो ३९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा यही मंसिर २९ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सोही सभाले विशेष प्रस्ताव रुपमा पेस गरिने सञ्चालकको भत्ता तथा सुविधामा वृद्धि गर्न बैंकको नियमावलीको नियम ३१ (१)(ख)मा संशोधन स्वीकृत गर्ने अजेन्डा पारित गर्नेछ। सभाले नियमावलीमा संशोधनमा नियमनकारी निकायहरुबाट प्राप्त कुनै फेरबदल गर्न सुझाव सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीका १९ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवदेन स्वीकृत गर्नेछ।

चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले यही मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS