IME Life New

भारतको गार्हस्थ उत्पादन वृद्धि दर ६.५ प्रतिशतमा सीमित रहने एस एण्ड पीको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैश्विक रेटिङ एजेन्सी, एस एन्ड पी ग्लोबल रेटिङ्सले मंगलबार भारतको कुल गार्हस्थ उत्पादन(जीडीपी) वृद्धि प्रक्षेपणलाई आगामी आर्थिक वर्षको लागि ६.५ प्रतिशतमा झारेको छ। यसले एशिया-प्रशान्त क्षेत्रका अर्थतन्त्रहरूले बढ्दो अमेरिकी शुल्क र विश्वव्यापीकरणमा धक्काको दबाबका कारण अर्थतन्त्र वृद्धिमा संकुचनको सामना गर्नेछन्।

एसिया-प्रशान्त क्षेत्रको लागि आफ्नो आर्थिक दृष्टिकोण (एपीएसी) शिर्षकको प्रतिवेदनमा,एस एन्ड पीले यी बाह्य तनावहरूको बावजुद, यसले अधिकांश उदीयमान-बजार अर्थतन्त्रहरूमा घरेलु मागको गति स्थिर रहने अपेक्षा गरेको छ।

Esewa
Crest

एस एन्ड पीले प्रतिवेदनमा भनेको छ, “हामीले अपेक्षा गर्छौं कि मार्च ३१, २०२६ मा समाप्त हुने आर्थिक वर्षमा भारतको कुल गाहर्थ उत्पादन ६.५ प्रतिशतले बढ्नेछ। हाम्रो पूर्वानुमान अघिल्लो आर्थिक वर्षको नतिजा जस्तै छ, तर हाम्रो पहिलेको ६.७ प्रतिशतको पूर्वानुमान भन्दा कम छ,” । पूर्वानुमानले आगामी मनसुन सामान्य रहने र वस्तु – विशेष गरी कच्चा तेलको मूल्य सस्तिने अनुमान गरेको छ।

विश्वव्यापी क्रेडिट रेटिङ एजेन्सीले एसिया प्रशान्त क्षेत्रका केन्द्रीय बैंकहरूले यस वर्षभरि न्यूनत्तम ब्याजदर कटौती जारी राख्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS