IME Life New

दक्षिणी क्यालिफोर्नियाका चिकित्सकले रचे इतिहास, पहिलोपटक मानिसमा मूत्राशय प्रत्यारोपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिणी क्यालिफोर्नियाका डाक्टरहरुले इतिहास रचेका छन्। उनीहरुले मानिसमा पहिलोपटक मूत्राशय प्रत्यारोपण गरेका हुन्।
यो शल्यक्रिया मे ४ मा लस एन्जलसको रोनाल्ड रेगन यूसीएलए मेडिकल सेन्टरमा भएको थियो। यसले मूत्राशयले राम्रोसँग काम नगर्नेहरुका लागि नयाँ आशा ल्याएको छ।

चार सन्तानका ४१ वर्षीय बुवा ओस्कर लारैनजार। उनी यस शल्यक्रियाको पहिलो बिरामी थिए। ओस्करलाई मूत्राशयको क्यान्सरको दुर्लभ रुप थियो। जसका कारण उनको मूत्राशयको अधिकांश भाग हटाउनुपरेको थियो। सामान्य पिसाब थैलीले ३०० मिलिलिटरभन्दा बढी पिसाब अटाउन सक्छ। तर ओस्करको पिसाब थैलीले ३० मिलिलिटरमात्र अटाउन सक्थ्यो।

Esewa
Crest

क्यान्सर र गम्भीर रोगका कारण ओस्करको दुवै मिर्गौला पनि निकालिएको थियो। उनी ७ वर्षदेखि डायलाइसिसमा थिए। जसले गर्दा उनको जीवन कठिन बन्यो। ‘म राम्ररी पिसाब फेर्न सकिनँ’, ओस्करले भने, ‘म जुनसुकै बेला पड्किन सक्ने बम थिएँ तर अब मलाई आशा छ।’

यो शल्यक्रिया यूसीएलएका डा नीमा नसिरी र यूएसीका डा इन्द्रवीर गिलले संयुक्त रुपमा गरेका थिए। दुवैले ४ वर्षदेखि यसका लागि तयारी गरेका थिए। सुरुमा उनीहरुले सुँगुर र मानव लाशहरुमा परीक्षण गरे। त्यसपछि ती व्यक्तिहरुमा परीक्षणहरु गरियो जसको मस्तिष्कले काम गर्न छोडेको थियो, तर मुटु अझै धड्किरहेको थियो।

रक्तनलीहरुलाई सावधानीपूर्वक जोड्नुपर्ने भएकाले मूत्राशय प्रत्यारोपण गाह्रो थियो। डाक्टरहरुले एउटा नयाँ प्रविधि विकास गरे, जसमा मूत्राशयलाई बरफमा राखेर यसको नसाहरु जोडिएका थिए। जसले गर्दा बिरामीमा केवल दुईवटा जडानमात्र गर्नुपथ्र्यो।

मे ४ मा डाक्टरहरुले ओस्करलाई नयाँ मूत्राशय र नयाँ मिर्गौला प्रत्यारोपण गरे। यो अपरेसन ८ घन्टासम्म चल्यो। पहिले मिर्गौला प्रत्यारोपण गरियो। त्यसपछि मूत्राशय प्रत्यारोपण गरिएको थियो। शल्यक्रियापछि तुरुन्तै मूत्राशय र मिर्गौलाले काम गर्न थाले। ओस्करको क्रिएटिनिन स्तर (जसले मिर्गौलाको स्वास्थ्यलाई संकेत गर्दछ) तुरुन्तै सुधार हुन थाल्यो। ओस्करले २० पाउन्ड अतिरिक्त तरल पदार्थको तौल पनि घटाए।

मूत्राशय निकालिएका मानिसहरुका लागि डाक्टरहरुले सामान्यतया आन्द्राको एक भाग प्रयोग गर्छन्। यसले पिसाब निकाल्न मद्दत गर्छ, तर आन्द्रामा ब्याक्टेरियाको कारणले गर्दा ८० प्रतिशत बिरामीहरुमा संक्रमण वा मिर्गौला फेल हुनेजस्ता जटिलता विकास हुन्छन्। नयाँ मूत्राशय प्रत्यारोपणले यी समस्याहरुलाई कम गर्न सक्छ। किनकि यसले वास्तविक मूत्राशय जस्तै काम गर्छ।

मूत्राशय प्रत्यारोपणमा सबैभन्दा ठूलो चुनौती भनेको शरीरले अंग स्वीकार गर्न अस्वीकार गर्नु हो। त्यसपछि औषधिको साइड इफेक्ट। ओस्कर पहिले नै मिर्गौला प्रत्यारोपणका लागि औषधि सेवन गरिरहेका थिए। त्यसैले उनी शल्यक्रियाको लागि उत्तम उम्मेदवार थिए। तर, यो सबै बिरामीका लागि सजिलो नहुन सक्छ। डा. रेचेल फोब्र्सले औषधि बिना अन्य विकल्पहरु पनि रहेको बताइन्। ‘हामी होसियार हुनुपर्छ’, उनले भनिन्।

डाक्टरहरुलाई थाहा पनि थिएन कि ओस्करले पिसाब थैली भरिएको महसुस गर्न सक्छ कि सक्दैन। तर, शल्यक्रियापछि क्याथेटर हटाइएपछि ओस्करले तुरुन्तै पिसाब फेरे। डा। नस्सिरीले यसलाई चमत्कार भने र डा. गिललाई फोन गरेर बिरामीले पिसाब गरिरहेको बताए। डा गिल छक्क परे।

यो शल्यक्रिया यूसीएलएमा गरिएको क्लिनिकल परीक्षणको एक हिस्सा हो। नतिजा बुझ्न डाक्टरहरुले थप ४ बिरामीहरुमा यो प्रत्यारोपण गर्नेछन्। यदि यो सफल भयो भने भविष्यमा यसलाई ठूलो मात्रामा प्रयोग गर्न सकिन्छ। डा. गिलले भने, ‘यो पहिले कुनै आशा नभएकाहरुका लागि नयाँ बाटो हो।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS