IME Life New

लगातार खस्किरहेको दक्षिण कोरियाको गाडी बीमा व्यापार अब उकालो लाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार खस्किरहेको दक्षिण कोरियाको गाडी बीमा व्यापार वर्ष २०२५ मा उकालो लाग्ने भएको छ।

ग्लोबलडाटाका अनुसार यो वर्ष दक्षिण कोरियाको गाडी बीमा व्यापार २.४ प्रतिशतले बढ्नेछ। पछिल्लो ३ वर्षदेखि दक्षिण कोरियाको गाडी बीमा व्यापार ओरालो लागेको थियो।

Esewa
Crest

गाडी बिक्री बढ्नु र बीमाशुल्कमा बढोत्तरीले दक्षिण कोरियामा गाडी बीमा व्यापार बढ्ने अनुमान गरिएको हो। सन् २०२९ सम्म वार्षिक ४.५ प्रतिशतको चक्रवृद्धिदर हुँदै गाडी बीमा बजारको आकार १८ अर्ब ६० करोड डलरको पुग्ने ग्लोबलडाटाको प्रक्षेपण रहेको छ।

दक्षिण कोरियाका निर्जीवन बीमा कम्पनीका लागि सबैभन्दा ठूलो व्यापार गाडी बीमाको रहेको छ। सन् २०२४ मा त्यहाँ निर्जीवन बीमाको कुल व्यवसायमा यो बीमाको हिस्सा ५८.३ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS