IME Life New

बीमाका लागि योग्य हुन कामदारको कार्य समयको सट्टा आम्दानीलाई मापदण्ड बनाउँदै दक्षिण कोरिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरिया सरकारले बीमाका लागि योग्य हुन कामदारको कार्य समयको सट्टा आम्दानीलाई मापदण्ड बनाउने तयारी गरेको छ।

दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले यसका लागि कानुनमा संशोधन गर्न प्रस्ताव गरेको हो। हाल विद्यमान कार्य समयको प्रावधानलाई हटाएर आम्दानीलाई मापदण्ड तय गरी बीमाको दायराभन्दा बाहिर रहेका कर्मचारीलाई समेट्ने उद्देश्य मन्त्रालयको रहेको छ।

Esewa
Crest

दक्षिण कोरिया सरकारले रोजगार बीमा ऐन र रोजगार औद्योगिक दुर्घटना बीमा प्रिमियम संकलन ऐनमा संशोधनको प्रस्ताव गरेको हो। यदि यी ऐनमा संशोधन भएमा यो बीमा क्षेत्रका लागि सन् १९९५ पछि ठूलो परिवर्तन हुनेछ।

हालको ऐनमा मासिक ६० घन्टा वा हप्तामा १५ घन्टा काम गरेर तोकिएको आम्दानी गर्ने कर्मचारीहरुलाई बीमामा समेटिएको छ। अब यसमा परिवर्तन गरेर काम गरेको घन्टाको सट्टा आम्दानीलाई मापदण्ड बनाएर छुटेका कर्मचारीहरुलाई बीमाको दायरामा ल्याउने दक्षिण कोरियाली सरकारको योजना रहेको छ।

कानुन परिमार्जनको मुख्य उद्देश्य फ्रिलेन्सर, प्लाटफर्म कामदार र अल्पकालीन कामदारलाई बीमामा समेट्नु पनि रहेको छ। कानुनमा संशोधन भएपछि थुप्रै ठाउँमा पार्टटाइम काम गर्ने एकीकृत आम्दानी गर्ने कामदारलाई पनि बीमामा पहुँच सहज हुने दक्षिण कोरियाली सरकारको विश्वास छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS