IME Life New

दक्षिण कोरियामा अवैध रुपमा प्रिमियम भुक्तानी गर्ने १० बीमा योजनाकार निलम्बित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियामा बीमितका तर्फबाट बीमा प्रिमियम भुक्तानी गर्ने गैरकानुनी अभ्यासमा संलग्न कर्पोरेट इन्स्योरेन्स जनरल एजेन्सी (जीए)हरुमाथि कारबाही गरिएको छ।

वित्तीय क्षेत्र स्रोतहरुका अनुसार वित्तीय पर्यवेक्षक सेवा (एफएसएस)ले हालै सामसुङ लाइफ इन्स्योरेन्स जीएसँग सम्बद्ध १० बीमा योजनाकारलाई ३० देखि ६० दिनका लागि व्यावसायिक निलम्बित गरेको हो। फेब्रुअरी १६ मा पोलिन्युज कोरियाले प्रकाशित गरेको समाचारअनुसार स्वीकृत एजेन्टहरुले २४२ जीवन र निर्जीवन बीमा सम्झौताहरुमा आफ्ना तर्फबाट प्रिमियम तिरेर ११२ बीमितलाई १० करोड ४६ लाख कोरियन वन (७८ हजार अमेरिकी डलर) अनधिकृत लाभमा प्रदान गरेका थिए। यी पोलिसीहरुका लागि प्रारम्भिक प्रिमियम जम्मा ५ करोड ४८ लाख कोरियन वन थियो।

Esewa
Crest

एफएसएसले संस्थागत चेतावनी पनि जारी गर्नुका साथै जीए ग्लोबल फाइनान्सियल सेल्स ९ करोड ९९ लाख कोरियन वन जरिवाना गरेको छ। त्यस फर्मका ६२ बीमा योजनाकारको व्यवसाय निलम्बन गरिएको छ। जब कि ९ जनालाई १८ लाख कोरियन वनदेखि ५ करोड कोरियन वानसम्म जरिवाना गरिएको छ।

एफएसएसका अनुसार यो कारबाही कार्यान्वयनपछि जीए र बीमा योजनाकारहरुमाथि निगरानी कडा बनाइनेछ। ‘अग्रिम प्रिमियम भुक्तानीजस्ता अवैध छुट अभ्यासहरु गम्भीर उल्लंघन हुन्’, एफएसएसले भनेको छ, ‘यसले बीमा बजारको सुदृढ व्यवस्थालाई कमजोर बनाउँछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS