IME Life New

गर्मीको समयमा बाहिरी क्षेत्रमा काम गर्न नसक्ने कामदारका लागि बीमा योजना ल्याउँदै दक्षिण कोरिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाले अत्याधिक गर्मीको समयमा काम गर्न नसक्ने बाहिरी कामदारलाई राहात दिन सन् २०२६ मा जलवायु बीमा उत्पादन सुरु गर्ने योजना जनाएको छ।

सरकार र बीमा उद्योगद्वारा संयुक्त रुपमा विकसित गरिएको यो उत्पादनले आधिकारिक ताप लहर चेतावनीका आधारमा बाहिरी क्षेत्रमा काम गर्न नसक्ने कामदारलाई क्षतिपूर्ति प्रदान गर्नेछ। यो बीमा योजना सार्वजनिक बाह्य परियोजनाहरुमा संलग्न दिन मजदुरलाई लक्षित गरी बनाइएको छ, जो सेवानिवृत्ति योजनाहरुमा आबद्ध छन्।

Esewa
Crest

यस बीमा योजनाअन्तर्गत स्थानीय सरकारहरुले कभरेजका लागि योग्य हुन ताप लहरका दिनहरुमा दिउँसो १ बजेअघि काम बन्द गर्नुपर्छ। भुक्तानी चार घन्टाको तलबमा आधारित हुनेछ। पूर्ण कभरेजका लागि ६२.२५ अमेरिकी डलर वा ८० प्रतिशत कभरेजका लागि लगभग ४९.३८ डलर तय गरिएको छ।

यो पहल अप्रिलमा वातावरण मन्त्रालय र कोरियाको निर्जीवन बीमा संघबीच भएको सहमतिका आधारमा सुरु गर्न लागिएको हो।

सन् २०२६ को पहिलो आधा वर्षका लागि एउटा पाइलट कार्यक्रम तय गरिएको छ। जसमा सरकारी अनुदानले बीमा प्रिमियम समेट्नेछ।

यस योजनामार्फत बढ्दो तापक्रमबाट प्रभावित कमजोर कामदारहरुका लागि वित्तीय जोखिम कम गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS