IME Life New

कोरियामा साना व्यवसायीका लागि निःशुल्क विपद् बीमा योजना सुरु गर्दै निर्जीवन बीमक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण कोरियाका ५ प्रमुख निर्जीवन बीमा कम्पनीले साना व्यवसायीका लागि निःशुल्क क्षतिपूर्ति तथा आँधीबेहरी र बाढी बीमा कभरेज सुरु गर्ने योजनामा छन्।

चोसुन बिजमा प्रकाशित समाचारअनुसार ती निर्जीवन बीमकले सुरुमा आउँदो अप्रिलमा उत्तरी जेओला प्रान्तका साना व्यवसायीका लागि ‘विन–विन कम्प्रिहेन्सिभ बीमा’ र ‘विन–विन विन्डस्टर्म एन्गड फ्लड इन्स्योरेन्स’ सुरु गर्नेछन्। बीमा कम्पनीहरु हाल कभरेज विवरणहरुमा काम गरिरहेका छन् र नियामक अनुपालन सुनिश्चित गर्न वित्तीय पर्यवेक्षक सेवाबाट समीक्षाको पर्खाइमा छन्।

Esewa
Crest

स्थानीय मुद्रा कोरियन वन ३० करोड (२ लाख ८ हजार अमेरिकी डलर) वा सोभन्दा कम वार्षिक बिक्री भएका साना व्यवसायीहरु उत्तरी जेओला प्रान्तमा विन–विन इन्स्योरेन्स योजनाका लागि योग्य हुनेछन् र छनोट प्रक्रिया स्थानीय सरकारी अधिकारीहरुले प्रदान गरेको साना व्यवसायीको सूचीमा आधारित हुनेछ।

बीमा कम्पनीहरुले विन–विन कम्प्रिहेन्सिभ इन्स्योरेन्स योजनाअन्तर्गत चोटपटक निदान भएपछि एकपटकको सान्त्वना लाभ प्रदान गर्ने विचार पनि गरिरहेका छन्।

सन् २०२५ मा कोरियाली जीवन र निर्जीवन बीमा उद्योगले साना व्यवसायीलाई प्रिमियम भुक्तानीमा सहयोग गर्न प्रयोग गर्न कुल ३० अर्ब कोरियन वनको फन्ड पुल सिर्जना गर्न १५ अर्ब कोरियन वन योगदान गरे। विन–विन इन्स्योरेन्स कार्यक्रमको लगभग ९० प्रतिशत यो पुलबाट वित्त पोषित हुनेछ। बाँकी स्थानीय सरकारको बजेटले समेट्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS