IME Life New

दक्षिण एशियाका शीर्ष सालक वैज्ञानिक तथा संरक्षणकर्मी काठमाडौंमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अतिसङ्कटापन्न स्तनधारी जीव सालक संरक्षण सम्बन्धी एक दक्षिण एशियाली कार्यक्रममा सहभागिताका लागि यस क्षेत्रका त्यससम्बन्धी शीर्ष वैज्ञानिक, अधिकारी तथा संरक्षणकर्मीहरू काठमाडौँमा भेला भएका छन्।

आगामी २५ वर्षका लागि यस क्षेत्रको सालक संरक्षण सम्बन्धी साझा कार्य योजना निर्माण गर्दै एकीकृत प्रयासमा जोड दिने उद्देश्यका साथ आयोजित पाँच दिने ‘दक्षिण एसियामा सालक संरक्षण’ कार्यक्रम आइतवारबाट सुरु भएको हो।

Esewa
Crest

कार्यक्रममा सालक पाइने ६ दक्षिण एसियाली देश (अफगानिस्तान र मालदिभ्सबाहेक)बाट सहभागिता रहेको क्षेत्रीय कार्यक्रम आइयूसियनको सालक विशेषज्ञ समूह, साउथ एशियन वाइल्डलाइफ इन्फोर्समेन्ट नेटवर्क (सावेनं र ग्रिनहुड नेपालले संयुक्त रूपमा आयोजना गरेका हुन्।

टाउकोदेखि पुच्छरसम्मको सम्पूर्ण भाग खबटाले ढाकेको हुने सालक प्रायः रातको समयमा सक्रिय रहने यस प्राणी जमिनमा दुलो बनाएर बस्ने प्राणी हो। कमिला र धमिराहरूमा निर्भर रहने यसको सोली आकारको टाउको र लामो जिब्रो हुन्छ। समतल घाँसे मैदानदेखि लिएर विभिन्न प्रकारका जङ्गल, पाखो बारी र मानव बस्ती नजिक रहेका आबादी क्षेत्रहरूमा यसको वासस्थान रहेको पाइन्छ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा बुद्धि सागर पौडेलले भने, ‘सालकको चोरी शिकारी कुनै सीमाभित्र सीमित छैन। त्यसैले हाम्रो संरक्षण प्रयास पनि सीमाभन्दा बाहिर निस्केर सोही रूपमा हुनुपर्नेछ। कैयौँ भ्रम र मिथ्या धारणाका कारण सालक अहिले नै विश्वको सबैभन्दा बढी तस्करी हुने स्तनधारी जनावरका रूपमा छ। यो हामी सबैका लागि चेतावनीका रूपमा छ। हामी सबै सजग र प्रतिबद्ध हुन आवश्यक छ। त्यसका लागि विज्ञानले नीतिलाई सघाउनुपर्छ।’

आइयूसिएन स्पेसिस सर्भाइभल कमिसनको सालक विज्ञ समूहकी सहअध्यक्ष केरी पार्कर भन्छिन्, ‘दक्षिण एसियाको समृद्धि यसको भूदृश्य र संस्कृतिमा मात्र नभई सालकहरूमा पनि प्रतिबिम्बित हुन्छ। अझै पनि सालकबारे धेरै कुरा बुझ्न नै बाँकी छ। यस कार्यक्रमका सहभागीहरूले सालकका उत्पत्ति, विकासक्रमदेखि यसका नवीन र रहस्यमयी कुराहरूको अनुसन्धानबारे चर्चा गर्नेछन्।’

सालक विज्ञ समूहका दक्षिण एसिया प्रमुख तथा ग्रिनहुड नेपालका निर्देशक कुमार पौडेल भन्छन्,’सालकको एउटा घर नेपालमा सुरु भएको यस महत्त्वपूर्ण कार्यक्रमले यस जीवको संरक्षण मुद्दालाई ज्ञान र पैरवीका हिसाबले अगुवाइ गर्ने अवसर दिन्छ। यसको सिकार र ओसारपसार नियन्त्रण एवं संरक्षणका लागि भौगोलिक सीमाभन्दा माथि उठ्नुपर्ने बोधबाटै यस कार्यक्रम तय भएकाले पनि यस जमघट निकै अर्थपूर्ण छ।’

संसारभर पाइएका ८ प्रजातिका सालकहरू एसिया र अफ्रिका महाद्वीपका सीमित क्षेत्रहरूमा छरिएर रहेका छन्। दक्षिण एसियाका सालक पाइने क्षेत्रमा कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) बसोबास गर्छन्। ती दुवै प्रजाति नेपालमा पनि पाइन्छन्। सबै प्रजातीहरू बासस्थानको समस्या र शिकारका कारण जोखिममा छन्। दक्षिण एसिया यसको शिकारका लागि स्रोत र ट्रान्जिटका रूपमा परिचित छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS