IME Life New

सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, यस्ता छन् नतिजा हेर्ने तरिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ आज वैशाख १७ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट गरिएको हो।

यो कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा २७ लाख ६८ हजार ७४३ आवेदकबाट ३ करोड ३ लाख ६६ हजार ९५० कित्ता शेयर माग भएको थियो।

Esewa
Crest

यस आइपीओमा २७ लाख ३० हजार ९८७ आवेदकबाट माग भएको २ करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयर सदर भएको छ भने ३७ हजार ७५६ आवेदकबाट माग भएको ४ लाख ६० हजार ४३० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ३ लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

सोपान फर्मास्युटिकल्सको आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आइपीओ नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा गएर हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS