काठमाडौं । सोपान मल्टिपल कम्पनीले कान्तिपुर इन्जिनियरिङमा आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले कान्तिपुर इन्जिनियरिङमा रहेको ६ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्नेछ।
निवेदन सोपान मल्टिपलको काठमाडौं तीनकुनेस्थित कार्यालयमा बुझाउनुपर्नेछ। कोटेसन पेस गर्दा आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम धरौटीस्वरुप सोपान मल्टिपलको नाममा खिचिएको गुड फर पेमेन्टको चेक खामभित्र राखी पेस गर्नुपर्नेछ।












