काठमाडौं । भद्रपुर नगरपालिका–७, चन्द्रगढी निवासी तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, चन्द्रगढी शाखाकी एजेन्सी म्यानेजर बिनु देवी धमलाले छोराको जन्मदिनलाई विशेष बनाउँदै रु. १७ लाख बराबरको जीवन बीमा गराएकी छन्।
उनले आफ्नो छोरा एन्जल धमालाको जन्मदिनको अवसर पारेर सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन शुभारम्भ योजना’ अन्तर्गत रु. १७ लाखको जीवन बीमा गराएकी हुन्।
जन्मदिनलाई केवल उत्सव र खुसी साटासाट गर्ने अवसरका रूपमा मात्र सीमित नराखी छोराको सुरक्षित भविष्य र परिवारको आर्थिक सुरक्षासँग जोड्ने उद्देश्यले उनले यस्तो दूरदर्शी निर्णय लिएकी हुन्।
जीवनमा आइपर्न सक्ने आकस्मिक आर्थिक जोखिम तथा भविष्यमा उत्पन्न हुनसक्ने आर्थिक भारलाई न्यूनीकरण गर्न जीवन बीमा महत्वपूर्ण माध्यम बन्ने भन्दै धमालाले समयमै उचित बीमा योजना छनोट गर्न सबैलाई आग्रह गरेकी छन्।
“जन्मदिनमा अन्य उपहारभन्दा छोराको भविष्यका लागि गरिएको जीवन बीमा अझ महत्वपूर्ण उपहार हो,” भन्ने सन्देश दिँदै उनले बचतसँगै आर्थिक सुरक्षा सुनिश्चित गर्न जीवन बीमाको भूमिका महत्वपूर्ण रहेको बताइन्।
जन्मदिनको अवसरमा गरिएको यस प्रकारको बीमा निर्णयले बचत, आर्थिक सुरक्षा र भविष्यको योजनाबद्ध तयारीको महत्वलाई उजागर गरेको छ। साथै, अभिभावक तथा युवापुस्तालाई पनि सानै उमेरदेखि भविष्यप्रति सचेत हुँदै आर्थिक आर्थिक सुरक्षा र भविष्यको योजनाबद्ध तयारीको महत्वलाई उजागर गरेको छ। साथै, अभिभावक तथा युवापुस्तालाई पनि सानै उमेरदेखि भविष्यप्रति सचेत हुँदै आर्थिक सुरक्षाका लागि योजनाबद्ध हुन प्रेरित गर्ने विश्वास गरिएको छ।
सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध एजेन्सी म्यानेजर स्वयंले आफ्नो परिवारबाटै जीवन बीमाको महत्वलाई व्यवहारमा उतार्दै दिएको यो सन्देश बीमा सचेतनाका दृष्टिले समेत सकारात्मक र अनुकरणीय मान्न सकिन्छ।












