IME Life New

सोलु हाइड्रोपावरको पुँजीकरण जलविद्युत क्षेत्रकै धेरै, टप ५ हाइड्रोपावरमा को को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचीकृत भएको ९ कारोबार दिनमै सोलु हाइड्रोपावर जलविद्युत क्षेत्रकै सबैभन्दा धेरै पुँजीकरण भएको कम्पनी भएको छ। हाल कम्पनीको पुँजीकरण ७० अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको दोस्रो बजारमा १० करोड कित्ता शेयर सूचीकृत रहेको छ। १० करोड कित्तामध्ये २०% अर्थात् २ करोड कित्ता सर्वसाधारण समूह अन्तर्गत रहेको छ भने ८० प्रतिशत अर्थात् ८ करोड कित्ता संस्थापक शेयर समूह अन्तर्गत रहेको छ।

नेप्सेमा कारोबार सुरुवात भएदेखि निरन्तर वृद्धि भएको कम्पनीको शेयर मूल्य अहिले ७०७ रुपैयाँ १० पैसा कायम भएको छ। जलविद्युत क्षेत्रमा दोस्रोमा अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक पुँजीकरण रहेको छ। अपर तामाकोशी हाइड्रोपावरको ४९ अर्ब ५४ करोड पुँजीकरण रहेको छ भने तेस्रोमा चिलिमे हाइड्रोपावरको ४८ करोड ४२ लाख रुपैयाँ पुँजीकरण रहेको छ। त्यस्तै चौथोमा साहस ऊर्जा लिमिटेडको २९ करोड ९ लाख पुँजीकरण हुँदा पाँचौंमा बुटवल पावर कम्पनीको २५ करोड ५७ लाख रुपैयाँ पुँजीकरण रहेको छ।

Esewa
Crest

बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा हुने उतार–चढावसँगै तिनको कुल बजार मूल्य अर्थात् बजार पुँजीकरण परिवर्तन हुन्छ र यही परिवर्तनले नेप्से सूचकांकलाई प्रत्यक्ष रूपमा असर पार्छ । जब ठूला पुँजीकरण भएका कम्पनीहरूको सेयर मूल्य बढ्छ वा घट्छ , तिनको उच्च बजार पुँजीकरणका कारण नेप्से सूचकांकमा अरुको भन्दा धेरै प्रभाव पार्छ । साना पुँजीकरण भएका कम्पनीहरूको मूल्य परिवर्तनले भने तुलनात्मक रूपमा कम प्रभाव पार्ने गरेको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS