IME Life New

सामाजिक सुरक्षा कोषको हिसाबमा गडबडी, आम्दानी घटे पनि खर्च बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संगठित क्षेत्रका लागि योगदामा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्थापित सामाजिक सुरक्षा कोषको सञ्चालनमा महालेखा परीक्षकको कार्यालयले गम्भीर समस्या र चुनौती औँल्याएको छ।

महालेखाको ६२ औँ प्रतिवेदनमा उल्लेख भए अनुसार कोषले प्रभावकारी ऋण व्यवस्थापनका लागि प्रयोग गरेको सफ्टवेयर र फिन क्लाउड प्रणालीले देखाएको सापटी हिसाबमा ११ करोड ७२ लाख ८२ हजार रुपैयाँ फरक परेकोले हिसाब मिलान गर्न महालेखाले सुझाव दिएको छ।

Esewa
Crest

कोषको आम्दानीको स्रोत सुक्दै गए पनि खर्चको आकार भने बढ्दो क्रममा रहेको छ। विगत दुई आर्थिक वर्ष (२०७९।८० देखि २०८०।८१ सम्म)मा ६ अर्ब ७ करोड ५४ लाख रुपैयाँ खुद सञ्चालन आम्दानी र ३० करोड ७ लाख ४३ हजार खर्च रुपैयाँ गरेको छ।

कोषको आम्दानी घट्दो क्रममा रहे पनि खर्च बढ्दो क्रममा रहेकाले आम्दानी वृद्धिका क्षेत्र पहिचान गर्नुका साथै–साथै खर्चमा मितव्ययीता कायम गर्न महालेखाको प्रतिवेदनमार्फत सुझाव दिइएको छ।

  • आम्दानीको स्रोत सुक्दै गए पनि खर्चको आकार भने बढ्यो
  • औषधोपचार स्वास्थ्य तथा मातृ सुरक्षा योजनामा आम्दानीभन्दा खर्च बढी
  • सामाजिक सुरक्षा कार्यक्रमबापतको दायित्वको पुनर्बीमा नगरिएको
  • कोषले लगानी विविधीकरण गरी लाभ लिन नसकेको
  • सरकारसँग लिएको ९ करोड ६ लाख रुपैयाँ ऋण तिर्न बाँकी
  • सापटी हिसाबमा ११ करोड ७२ लाख ८२ हजार रुपैयाँ फरक

औषधोपचार स्वास्थ्य तथा मातृ सुरक्षा योजनामा आम्दानीभन्दा ५ करोड ६१ लाख ५८ हजार रूपैयाँ खर्च बढी भएको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ६१ मा कोषले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रमबापतको दायित्वको जोखिम बहन गर्न कोषले बीमा वा पुनर्बीमा गराउन सक्ने व्यवस्था भए पनि कोषले बीमा वा पुनर्बीमा गरेको छैन।

कोषले आर्थिक वर्ष २०८०।८१ मा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामार्फत ६२ करोड ७९ लाख ३६ हजार रुपैयाँ, दुर्घटना तथा अशक्त सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख १० हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनामा ६ करोड ८८ लाख ९० हजार रुपैयाँ, वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत ३ अर्ब ९७ करोड ५८ लाख २९ हजार रुपैयाँसमेत ४ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कोषले गत आर्थिक वर्ष राष्ट्रिय कल्याणकारी कोषबाट प्राप्त १ अर्ब १८ करोड ५० लाख रुपैयाँ र आन्तरिक आय १ अर्ब ४५ करोड ४९ लाख ६८ हजार रुपैयाँसमेत २ अर्ब ६३ करोड ९९ लाख ६७ हजार रुपैयाँसमेत आम्दानीमा समावेश रहेको छ।

कोषको कुल सम्पत्तिमध्ये २०७९।८० मा ७०.६४ प्रतिशत र २०८०।८१ मा ८५.५८ प्रतिशत बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राखेको छ। कोषले लगानी विविधीकरण गरी सोबाट लाभ लिन सकेको छैन।

कोष सञ्चालनका लागि नेपाल सरकारबाट २५ करोड रुपैयाँ ऋण लिएकोमा २०८०।८१ सम्म ९ करोड ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS