IME Life New

हालसम्म ७ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कति दिँदैछन् बोनश र नगद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ का लागि हालसम्म ७ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हाल लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक रहेका हुन् ।

सिद्धार्थ बैंक
बैंकले आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०।५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन्।

Esewa
Crest

लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

ग्लोबल आइएमई बैंक
बैंकलेगत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न बैंकले १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकले बुक क्लोजको मिति भने तय गरेको छैन् ।

सिटिजन्स बैंक
बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सानिमा बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७।३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस शेयर नदिई नगदमात्रै दिने निर्णय गरेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

एभरेष्ट बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गरिसकेको छ । यस अनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले कात्तिक १२ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

माछापुच्छ्रे बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%
happy

खुसी

7%
sad

दु :खी

7%
amazed

अचम्मित

20%
excited

उत्साहित

60%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS