IME Life New

स्मार्ट फिचर अनि रेसिङको मज्जा ! टीभीएसले ल्यायो नयाँ ‘अपाचे आरआर-३१०’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टीभीएस मोटर कम्पनीले आफ्नो फ्ल्यागसिप मोटरसाइकल ‘अपाचे आरआर–३१०’ को नयाँ अपडेटेड मोडेल बजारमा बिक्रीका लागि ल्याएको छ।

कम्पनीले भारतको नयाँ सरकारी नियमअनुसार यस बाइकमा ओबीडी–२बी मापदण्डसहितको अपडेटेड इन्जिन प्रयोग गरेको छ। यसले बाइकको प्रदर्शन पहिलेभन्दा अझ राम्रो बनाएको कम्पनीको दाबी छ। यसबाहेक कम्पनीले बाइकमा केही सानातिना परिवर्तन पनि गरेको छ। जसका कारण यो अघिल्लो मोडेलभन्दा राम्रो बनेको छ।

Esewa
Crest

बाइकमा टीभीएसको च्याम्पियनसिप रेस बाइकमा आधारित नयाँ सेपाङ ब्लु रेस रेप्लिका रङ योजना पनि समावेश गरिएको छ। यो मोटरसाइकल ३ वटा स्ट्यान्डर्ड भेरियन्ट र ३ वटा बिल्ट टु अर्डर (बीटीओ) कस्टमाइजेसन किटमा बिक्रीका लागि उपलब्ध हुनेछ। क्विकसिफ्टर बिनाको रातो भेरियन्टको मूल्य भारु २ लाख ७७ हजार ९९९ तोकिएको छ भने क्विकसिफ्टर भएको रातो भेरियन्टको मूल्य भारु २ लाख ९४ हजार ९९९ मा उपलब्ध छ। बम्बर ग्रे कलरको मूल्य भारु २ लाख ९९ हजार ९९९ पर्छ।

यसबाहेक बीटीओ किटको मूल्यमा डायनामिक किटका लागि भारु १८ हजार, डायनामिक प्रो किटका लागि भारु १६ हजार र रेस रेप्लिका रङ योजनाका लागि भारु १० हजार समावेश हुनेछ। कम्पनीले यस बाइकको आधिकारिक बुकिङ सुरु गरिसकेको छ। जुन कम्पनीको आधिकारिक वेबसाइट र डिलरसिपमार्फत बुक गर्न सकिन्छ।

मोटरसाइकलमा एग्रेसिभ फुल–फेयर्ड डिजाइन र ट्रयाक–सेन्ट्रिक एर्गोनोमिक्स रहेको छ। जसले सवार नियन्त्रण सुधार गर्दछ। यो बाइकमा ४ फरक राइडिङ मोड पनि छन्। जसमा ट्रयाक, स्पोर्ट, अर्बन र रेन समावेश छन्। यी राइडिङ मोड विभिन्न सडक अवस्था अनुसार राम्रो प्रदर्शनका लागि प्रयोग गर्न सकिन्छ।

यो मोटरसाइकल ३१२ सीसी रिभर्स–इन्क्लाइन गरिएको डीओएचसी इन्जिनले सुसज्जित छ। जसले ९८०० आरपीएममा ३८ पीएस पावर र ७९०० आरपीएममा २९ न्यूटन मिटर (एनएम) को अधिकतम टार्क उत्पन्न गर्छ। यो इन्जिन ६–स्पिड ट्रान्समिसन गियरबक्ससँग जोडिएको छ। यो बाइकले २.८२ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघन्टा र ६.७४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने कम्पनीको दाबी छ। यसको अधिकतम गति १६४ किमी प्रतिघन्टा रहेको छ।

यसमा केही सेगमेन्ट–फर्स्ट फिचर पनि छन्, जस्तै सिक्वेन्सियल टर्न सिग्नल ल्याम्पहरु र कर्नरिङ ड्रयाग टार्क नियन्त्रण आदि। अन्य फिचरमा लन्च कन्ट्रोल, मल्टी–ल्यांग्वेज सपोर्ट भएको रेस कम्प्युटर र ८–स्पोक अलोय पांग्राहरु समावेश छन्। ट्रेलिस फ्रेममा आधारित यो बाइकमा तौल भएको मल्टी प्लेट र ५ इन्चको टीएफटी स्क्रिन छ। बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि आल्मुनियम डाई–कास्ट स्विङआर्म सस्पेन्सन छ।

अपाचे आरआर-३२० मा दुवै छेउमा १७ इन्चका पांग्रारु र शानदार मिसेलन टायरहरु छन्। यसबाहेक अगाडि ३०० एमएम पेटल टाइप डिस्क ब्रेक र पछाडि २४० एमएम डिस्क ब्रेक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS