IME Life New

लघु निर्जीवन बीमामा अस्वस्थ प्रतिस्पर्धाका बीच तेब्बर बढ्यो बीमाको आकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु बजारमा लघु बीमा कम्पनीको उपस्थितिसँगै लघु बीमालेखको बिक्रीमा उल्लेख्य वृद्धि देखा परेको छ। चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा निर्जीवन बीमक(लघु निर्जीवन बीमकसमेत)ले कुल ६९ करोड ९७ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

यो गत आर्थिक वर्ष २०८०।८१ को सोही अवधिको तुलनामा ३.११ गुणा बढी हो। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको मासिक कारोबार तथ्यांक अनुसार, गत आवको चैत्रमसान्तसम्ममा निर्जीवन बीमकले १७ करोड २ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

Esewa
Crest

समिक्षा अवधिमा यो वर्ष निर्जीवन बीमकले कुल २ लाख ८७ हजार ८९६ बीमालेख बेचेका छन्। गत आवको सोही अवधिमा कुल ८५ हजार ८१० बीमालेख बिक्री भएको थियो।

समग्र तथ्यांक उत्साहप्रद देखिएपनि लघु बीमाको व्यापार केलाउँदा अधिकांश योगदान सम्पत्ती बीमा र मोटर बीमाले नै ओगटेको छ। त्यो पनि शहरी वा शहरोन्मूख क्षेत्रको ।

लघु बीमालेख बिक्रीको संख्या र बीमाशुल्क आम्दानी दुबैका हिसाबले दुर्गमभन्दा सुगम मानिएका प्रदेशमा लघु बीमा व्यवसाय केन्द्रित रहेको देखिन्छ। सात प्रदेशमध्ये बागमती प्रदेश एक्लैले ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। प्राधिकरणका अनुसार बागमती, लुम्बिनी र कोशी प्रदेशले नै बीमालेख संख्या र बीमाशुल्क संकलन दुबैका हिसाबले झण्डै ८० प्रतिशत हिस्सा ओगटेका छन् ।  अन्य प्रदेशमा जारी लघु बीमालेख र संकलित लघु बीमाशुल्क तीनवटै प्रदेशको हिस्सा उच्च छ।

प्रति व्यक्ति आयका आधारमा कर्णाली, सुदूर र मधेश प्रदेशमा लघु बीमाको व्यापार ठिट लाग्दो छ। यी तीनवटै प्रदेशले जम्मा बीमाशुल्क आम्दानीमा यस वर्षको तेश्रो त्रैमाससम्ममा जम्मा १२ प्रतिशत हिस्सा ओगटेका छन् । आर्थिकरूपमा विपन्न र पिछडिएका समुदायको बाहुल्यता रहेको भनिएको क्षेत्र कर्णाली र सुदूरपश्चिममा लघु बीमाको हिस्सा जम्मा ५ प्रतिशत छ।

निर्जीवन बीमकको लघु बीमालेख बिक्री संख्या । श्रोतः नेपाल बीमा प्राधिकरण

लघु बीमाको प्रवर्द्धनका लागि लघु बीमकको इजाजत वितरण पछि व्यापार विस्तारमा लघु बीमक आक्रामकरूपमा लागेका छन् । यसले बीमकबीच अस्वस्थ्य प्रतिस्पर्धा चुलिएको छ। लघु बीमकको इजाजत पत्र वितरण गर्दा लघु बीमाको प्रवर्द्धन गर्ने उद्देश्य राखिए पनि लघु बीमाको आवश्यक्ता र औचित्य पुष्टी गराउन नेपाल बीमा प्राधिकरणले तयार पार्न लगाएको अध्ययन प्रतिवेदनको निष्कर्ष विपरित लघु बीमकले खर्चिलो तर सजिलो व्यापार खोजि रहेका छन्।

निर्जीवन बीमकको लघु बीमाशुल्क संकलन। श्रोतः नेपाल बीमा प्राधिकरण

लघु निर्जीवन बीमा कम्पनीहरू अहिले सवारी साधनको बीमा र सम्पत्तीको बीमामा बढी केन्द्रित छन् । निर्जीवन बीमकको उपस्थित ग्रामीण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रको यातायात व्यवस्था कार्यालयको मूल गेट बाहिर बढी देखिने गरेको छ। मोटर बीमालेखको व्यापार हात पार्न आयातकर्ता र दलाललाइ नियम मिचेर अतिरिक्त कमिशन बाँड्ने काम भइरहेको गुनासो गर्नेको स्वर ठूलो हुँदै गएको छ। यसले गर्दा लघु बीमकको बीमालेख बिक्री लागत अनावश्यकरूपमा बढेको छ, खर्चमा दबाब बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS