काठमाडौं । तीन लघु जीवन बीमकको विभिन्न क्षेत्रमा ३ अर्ब ३० करोड रुपैयाँ बढी लगानी रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखिएको हो । तथ्यांकअनुसार क्रेस्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब ३० करोड ६ लाख रुपैयाँ लगानी गरेका हुन् ।
सबैभन्दा धेरै लगानी गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले ८९ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । दोस्रोमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ८३ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । लिबर्टी माइक्रो लाइफको लगानी पनि ५६ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
लघु जीवन बीमकहरुले सर्वाधिक लगानी क वर्गका बैंकहरुको मुद्दति निक्षेपमा गरेको देखिन्छ । यी ३ लघु जीवन बीमकले क वर्गका बैंकहरुमा १ अर्ब ८७ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् । ख वर्गका बैंकहरुमा ९ करोड ७५ लाख रुपैयाँ मुद्दतिमा राखेका छन् । ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गार्डियन माइक्रो लाइफले मात्रै २० लााख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी यी तीन कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २८ करोड ३९ लाख रुपैयाँ लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा गार्डियन र क्रेष्ट माइक्रो लाइफ २ करोड ६७ लाख रुपैयाँ लगानी गरेका छन् ।
सूचिकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेञ्चर र ऋणपत्रमा लिबर्टी माइक्रो लाइफले मात्रै ९९ लाख लगानी गरेको छ ।
यता नागरिक लगानी कोष तथा म्युचुअल फन्डमा गार्डियन र लिबर्टी माइक्रो लाइफललगानी गरेका छन् । जसमध्ये गार्डियन मायक्रो लाइफले २५ लाख, र लिबर्टी माइक्रो लाइफल ७५ लाख रुपैयाँ लगानी गरेका छन् ।
68a56e6fe7e84_1755672175











