IME Life New

साइबर बीमाको अभावमा ठूलो नोक्सानी व्यहोर्दै विश्वका साना तथा मझौला व्यवसाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साइबर बीमाको अभावमा विश्वका साना तथा मझौला व्यवसाय (एसएमई)हरुले ठूलो नोक्सानी व्यहोर्दै आएका छन्।

ग्लोबलडाटाको २०२५ एसएमई सर्वेक्षणले यस्तो पत्ता लागेको हो। ‘विगत ३ वर्षमा विश्वभरका ३ मध्ये १ भन्दा बढी साना तथा मझौला व्यवसाय (एसएमई)ले साइबर आक्रमणको सामना गरेका छन्’, सर्वेक्षण प्रतिवेदनमा भनिएको छ, ‘तर, ५ मध्ये १ भन्दा कमले स्ट्यान्डअलोन साइबर बीमा गरेका छन्। जसले गर्दा धेरै व्यवसायले आर्थिक नोक्सानी भोग्नुपरेको छ।’

Esewa
Crest

सर्वेक्षणले यस अवधिमा विश्वभरका ३४.७% एसएमईले साइबर आक्रमणको अनुभव गरेको पत्ता लगाएको छ। बढ्दो खतराको बाबजुद विश्वभरका १६.८% एसएमईसँग मात्र स्ट्यान्डअलोन साइबर बीमा रहेको सर्वेक्षणबाट देखिएको छ।

ग्लोबलडाटाका अनुसार केही व्यवसायले अन्य बीमा पोलिसीमार्फत सीमित साइबर कभर पाउन सक्छन्। ‘तर, समर्पित कभरको कम प्रयोगले धेरै एसएमईहरु कम बीमामा रहेको संकेत गर्छ’, प्रतिवेदनमा भनिएको छ।

ग्लोबलडाटाका प्रमुख बीमा विश्लेषक बिट्रिज बेनिटोका अनुसार धेरै साना व्यवसायले साइबर बीमाको मूल्य पूर्ण रुपमा नबुझेका हुन सक्छन् र त्यसैले बीमा नगरी बस्न रोजिरहेका छन्। उनले भने, ‘एसएमईहरु सामान्यतया साइबर आक्रमणका लागि बढी जोखिममा हुन्छन्। किनकि तिनीहरुसँग प्रायः ठूला कम्पनीहरुको प्राविधिक प्रतिरक्षाको अभाव हुन्छ। जसले गर्दा तिनीहरु ह्याकरहरुका लागि बढी आकर्षक लक्ष्य हुन्छन्।’

बेनिटोले ठूला कम्पनीहरुले साइबर आक्रमणको वित्तीय प्रभावको सामना गर्न सक्ने चेतावनी दिए। ‘यदि सानो व्यवसायमा उचित बीमाको अभाव छ भने ठूलो घटनाले यसको अस्तित्वलाई खतरामा पार्न सक्छ’, उनले भने।

बेनिटाका अनुसार उच्च प्रिमियमले पनि यसमा योगदान पुर्याउँछ। ‘किनकि बीमा कम्पनीहरुले परिवर्तनशील साइबर जोखिम र सीमित दाबी डाटाका कारण पोलिसीहरुको सावधानीपूर्वक मूल्य निर्धारण गर्छन्’, उनले भने।

पहुँच सुधार गर्न बीमा कम्पनीहरुले निरन्तर जोखिम अनुगमन प्रयोग गरेर र व्यवसायहरुलाई राम्रो साइबर सुरक्षा अभ्यासहरु अपनाउन प्रोत्साहित गरेर साइबर कभरलाई अझ किफायती बनाउन आवश्यक छ। यी निष्कर्ष ग्लोबलडाटाको २०२५ एसएमई सर्वेक्षणमा आधारित छन्। जसमा ब्राजिल, चीन, फ्रान्स, जर्मनी, भारत, इटाली, मलेसिया, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, स्पेन, यूएई, बेलायत र अमेरिकासहित १४ बजारका २ हजार ५४ व्यवसाय समावेश थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS