काठमाडौं । जि मोटर्स प्रा.लि.स्काईवेलका बिधुतिय सवारिको आधिकारीक बितरकले स्काईवेल एक्सचेन्ज अफर अपग्रेड टु स्काईवेल ड्राईभ लक्जरी ईभी यसयुभी सार्वजनिक गरेको छ । प्रीबजेट अफरको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटले मुल्यबृद्दी हुनु अगावै लक्जरी, प्रीमियम ईभी र रियल यसयुभिमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीको नक्साल काठमाडौं, राधेराधे भक्तपुर, ईटहरी सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ ।
साथै उक्त अवसरमा हरेक स्काईवेल खरिदमा एक कपल्सले युरोप टुर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बिशेष बोनस समेत प्राप्त हुनेछ । लोन सुविधाका लागी २० डाउनपेमेन्ट दिएर फाईनान्स पनी सुविधा रहेको प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिनुभयो । एक्सचेन्ज अफर आजबाट शुरु भएर जेस्ठ ५ गते सम्म हुनेछ ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५ ६२० किमि प्रीमियम बिधुतिय यसयुभि बिक्री-बितरण भईसकेका छन भने आज बाट शुरु भएको अफरमा ७ वटा बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन ।
नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्नेछन् ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।