काठमाडौं । स्काइलाइन इन्फ्राले विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आउँदो वैशाख ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको आदर्शनगरस्थित होटल सरोबरमा अपराह्न ५ बजेबाट सुरु हुनेछ।
सभाले प्रबन्धपत्रमा तोकेबमोजिम चुक्तापुँजीको २० प्रतिशत आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारी गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सोही सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।












