IME Life New

विराटनगरमा जेठ ३१ गते सीप उत्सव २०८३ को आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग संगठन मोरङले ‘सीप उत्सव २०८३’ को आयोजना गर्ने भएको छ । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको दक्षताको अन्तरका साथै सीप विकासका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले सीप उत्सव आयोजना गर्न लागिएको हो ।

स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ हुने भएको हो ।

Esewa
Crest

आगामी जेठ ३१ गते, आइतबार उद्योग संगठन मोरङको सचिवालय विराटनगरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने उत्सवमा अन्तर शिक्षालय सीप प्रतियोगिता, लाइभ तालिम, वृत्ति परामर्शका गतिविधि सञ्चालन गरिने छ । सोही दिन अपराह्न साढे ४ बजे अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगिलाई पुरस्कार प्रदान गरिने संगठनले जनाएको छ ।

उत्सवमा सूचना प्रविधि, होटल म्यानेजमेन्ट तथा अटोमोवाईलको विद्यामा सीप प्रतियोगिताका साथै माटाको भाडावर्तन, प्लम्बिङ, इण्डष्ट्रियल अटोमेशन, सिसिटिभि, थ्रिडी प्रिन्टिङ, ग्रिन स्किलका विधामा लाइभ तालिम र विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्र सञ्चालन गर्ने बताइएको छ ।

उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय, सूचना प्रविधि, हस्पिटालिटी क्षेत्रका प्रदेश तथा जिल्ला स्तरका विभिन्न संघसंस्थाहरूको सहभागिता रहने छ ।

उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थी बीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउदै आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS