IME Life New

संकटग्रस्त ६ वटा जीवन बीमकलाई दाबी भुक्तानीको कार्य योजना पेश गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संस्थागत सुशासनको अभाव र चरम भ्रष्टाचारका कारण टाट पल्टिने अवस्थामा पुगेका बंगलादेशी जीवन बीमकलाई बीमितको दाबी भुक्तानीको कार्य योजना पेश गर्न बीमा नियामकले निर्देशन दिएको छ।

नियामक निकाय आइडिआरएले छ वटा जीवन बीमा कम्पनीका निर्देशकसँग सुशासन समिक्षा बैठकका क्रममा बीमितलाई दिन बाँकी बीमा दाबी छिटो भुक्तानी गर्न निर्देशन दिएको हो । गत मार्च १७ र २० मा आयोजना गरिएको बैठकमा नियामकका अध्यक्ष डा. एम. असलम आलमले यस्तो निर्देशन दिएका थिए।

Esewa
Crest

नियामकले फारइष्ट इस्लामिक लाइफ इन्स्योरेन्स, बैरा लाइफ इन्स्योरेन्स, गोल्डेन लाइफ इन्स्योरेन्स, सनलाइफ इन्स्योरेन्स, सनफ्लावर लाइफ इन्स्योरेन्स र पद्मा इस्लामिक लाइफ इन्स्योरेन्स कम्पनीलाई निर्देशन दिएको हो।

इन्स्योरेन्स न्युज बांगलाले बीमा विकास तथा नियामक प्राधिकरणका उपनिर्देशक तथा प्रवक्ता मोहम्मद सोलेमानलाई उद्घृत गर्दै लेखेको छ,”जीवन बीमा क्षेत्रका यी छ कम्पनीहरूले ग्राहकको बीमा दाबीको ५ प्रतिशतभन्दा कम भुक्तानी गरेको जानकारी हामीलाई छ।” बीमितलाई भुक्तानी दिन बाँकी बीमा दाबीहरूको द्रुत भुक्तानीको लागि ३ महिनाको योजना पेश गर्न भनिएको छ।

नियामकले वेबसाइटमा प्रकाशन गरेको जीवन बीमकको बाँकी दाबीको सूची अनुसार, २०२४ को तेस्रो त्रैमासिक अर्थात् सेप्टेम्बरसम्म फार इस्ट इस्लामिक लाइफ इन्स्योरेन्सका ग्राहकहरूको बाँकी बीमा दाबीको रकम २३ अर्ब १० करोड बंगलादेशी टाका(रूपैयाँ) थियो।   

यो बक्यौता बीमा दाबीको रकम पद्मा इस्लामिक लाइफमा २ अर्ब २९ करोड टाका, सनफ्लावर लाइफमा १ अर्ब ४४ करोड टाका, बैरा लाइफमा ६४ करोड ९८ लाख टाका, सनलाइफमा ५६ करोड १३ लाख टाका र गोल्डेन लाइफमा ३६ करोड ९० लाख टाका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS