IME Life New

सिन्धु विकास बैंकको ७ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकको ७ लाख १५ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ७ लाख १५ हजार ६३५ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

यसअघि बैंकले आफ्ना विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्रीमा राखेको थियो। तर, ३५ दिनभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।

यो शेयरमा ३५ दिनभित्र खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। निवेदन काभ्रेको बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS