काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जा दुवैतर्फका खाता संख्यामा उल्लेख्य वृद्धि भएको छ।
हालै सार्वजनिक तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म कुल ५ करोड ९४ लाख २९ हजार ३६७ रहेको निक्षेप खाता संख्या २०८३ असार मसान्तसम्म आइपुग्दा बढेर ६ करोड ३४ लाख २५ हजार २९६ पुगेको छ। यसै अवधिमा कर्जा खाता संख्या पनि १९ लाख ६६ हजार ५५८ बाट वृद्धि भई कुल २० लाख ३१ हजार ३६४ पुगेको देखिएको छ।
क्षेत्रगत रुपमा हेर्दा वाणिज्य बैंकहरमा निक्षेप खाता ५ करोड ९ लाख ८६ हजार १७१ बाट बढेर ५ करोड ४४ लाख ४९ हजार ५३९ पुगेको छ भने कर्जा खाता पनि १६ लाख ४४ हजार ५४५ बाट बढेर १७ लाख ९३४ पुगेको छ।
त्यस्तै विकास बैंकहरुमा निक्षेप खाता ७४ लाख ७५ हजार ३४७ बाट बढेर ७८ लाख ८३ हजार ६७२ पुगे पनि कर्जा खाता भने २ लाख ७१ हजार २७ बाट केही घटेर २ लाख ६१ हजार ४४७ मा झरेको छ।
वित्त कम्पनीहरतर्फ निक्षेप खाता ९ लाख ६७ हजार ८४९ बाट १० लाख ९२ हजार ८५ र कर्जा खाता ५० हजार ९८६ बाट ६८ हजार ९८३ पुग्दै वित्तीय क्षेत्रमा सर्वसाधारणको पहुँच थप फराकिलो बन्दै गएको देखिएको छ।

श्रोत : नेपाल राष्ट्र बैंक












