IME Life New

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा, पुनः लगानी पनि गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको हो। जसअनुसार उक्त योजनाका इकाइधनीहरुलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

Esewa
Crest

लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब साउन ११ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको लाभांश पाउन योग्य भएका छन्।

यो खुलामुखी योजना हो। यस योजनामा प्राप्त लाभांशबराबरको रकम पुनः यसै योजनाको इकाइ खरिद गरेर लगानी गर्न सकिन्छ। यसरी पुनः लगानी गरेको रकमबराबरको इकाइ सम्बन्धित इकाइधनीको हितग्राही खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS