IME Life New

जेनजी आन्दोलनः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो रु. ५५ करोड बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट सिर्जित बीमांकृति सम्पत्तिको क्षतिमा हालसम्म प्राप्त दाबीको ५५ करोड रुपैयाँ बढी भुक्तानी गरेको छ।

कम्पनीले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको हुलदंगा र आगजनी भएको क्षतिमा ५५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको हो। यो भुक्तानी कम्पनीले ११ वटा बीमा दाबीको गरेको हो।

Esewa
Crest

हालसम्म कम्पनीमा हालसम्म ५ अर्ब ४५ करोड रुपैयाँबराबरको अनुमानित क्षति मूल्यांकन दाबी दर्ता भएको जनाएको छ। यो कुल ३२२ दाबीको रहेको कम्पनीको भनाइ छ।

कम्पनीले बीमा दाबीको यथाशीघ्रको भुक्तानी गर्ने दाबी गरेको छ। सम्पत्तिमा क्षति भई हालसम्म सम्पर्कमा नआएका बीमितहरुलाई कम्पनीको प्रतिनिधिहरुलाई सम्पर्क गरी दाबी भुक्तानी प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।

सम्पर्क नम्बर

  • मोटर बीमा दाबीः आदर्श श्रेष्ठ (९८५२२५९०१)
  • अन्य बीमा दाबीः अमिता त्रिपाठी (९८५१३६५२६९)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS