IME Life New

जेनजी आन्दोलनः बीमा दाबी भुक्तानीमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो ६०% भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति बीमा दाबीको कुल भुक्तानीमा ६० प्रतिशतभन्दा बढी भुक्तानी गरेको छ।

कम्पनीले आज एक प्रेस विज्ञप्ति गर्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कम्पनीमा परेको दाबीमा हालसम्म १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरुले ३ हजार १६६ बीमा दाबीको करिब २३ अर्ब २० करोड ९१ लाख रुपैयाँमध्ये २ अर्ब १ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेका छन्। कुल भुक्तानीमध्ये सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले मात्र ६०.३० प्रतिशत भुक्तानी गरेको देखिएको हो।

Esewa
Crest

विज्ञप्तिअनुसार कम्पनीमा वीमा रहेका व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ती तथा उद्योग व्यवसायमा पुगेको क्षतिको बीमा दाबी फछर््यौट कार्यलाई अत्यन्त महत्वका साथ सम्पन्न गर्दै आएको छ। ‘उक्त आन्दोलनका क्रममा भएको क्षतिको ३५७ वटा बीमा दाबीस्वरुप ५ अर्ब ४९ करोड रुपैयाँको प्रारम्भिक दाबी प्राप्त हुन आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म कम्पनीले १०५ वटा पूर्ण तथा अग्रिम भुक्तानीबापत १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको छ।’

यो असोज महिनामा वाढीबाट भएको क्षतिलार्ई सहज रुपमा व्यवस्थापन गरी आफ्नो कर्तव्य तथा दायित्वलाई इमान्दारी पूर्वक निर्वाह गरेको तथ्यलाई पनि कम्पनीले सविनय स्मरण गरेको छ। ‘प्रतिकुल परिस्थितिमा पनि हामी सधैँ विमितको साथमा रहने विमितको आकांक्षाअनुरुप सेवा प्रवाह गर्न निरन्तर लागि परेको हुँदा बीमितको क्षति भएको सम्पत्तिको बीमा दावी फर्छ्यौट गरी बीमितहरुको आर्थिक क्षतिको पुनर्स्थापना गर्न कम्पनी प्रतिबद्ध रहेको छ।’

यस अभियानमा सक्रिय सहभागी भई बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरुलाई शीघ्र आवश्यक कागजात पेस गरी दाबी फर्छयौट कार्यमा सहयोग गर्न पनि कम्पनीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS