IME Life New

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा सिद्धार्थ बैंक आवद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष र सिद्धार्थ बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालनसम्वन्धी सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तफृबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले हस्ताक्षर गरे ।

सम्झौतासँगै सिद्धार्थ बैंकले हाल सञ्चालन गर्दै आएको योगदानमा आधारित तथा गैर योगदानमा आधारित उपदान तथा अन्य अवकाश खाताहरु कोषमा हस्तान्तरण भएको छ । हाल बैंकमा कार्यरत करिब २ हजार कर्मचारीहरुको उपदान तथा अवकाशसँग सम्वन्धित अन्य रकमको व्यवस्थापन तथा सञ्चालन अव नागरिक लगानी कोषले गर्नेछ ।

Esewa
Crest

चालू आर्थिक वर्ष २०८२।०८३ देखि सरकारले साविकमा आन्तरिक राजश्व विभागबाट स्वीकृत प्रदान गरिएका अवकाश कोषहरु नागरिक लगानी कोषलगायतका अन्य कोषमा आवद्ध हुनुपर्ने व्यवस्था गरे बमोजिम आर्थिक ऐन २०८२ मा भएको संशोधन अनुरुप बैंकले आफुले सञ्चालन गर्दै आएइको अवकाश कोष नागरिक लगानी कोषमा हस्तान्तरण गरेको हो ।

आन्तरिक राजश्व विभागबाट स्वीकृत अवकाश कोषहरु २०८३ असार मसान्तभित्र नागरिक लगानी कोषलगायतमा आवद्ध हुन समेत नागरिक लगानी कोषले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS