IME Life New

सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय स्तरको ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड’ बाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘म्याक्सिमाइजीङ कस्टोमर इंगेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा यो उत्कृष्ट सफलता हासिल गरेको हो ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको कडा मूल्यांकन गरी यो अवार्ड प्रदान गरिन्छ । यो सम्मानले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता र ग्राहक केन्द्रित सेवालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ ।

Esewa
Crest

बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले पछिल्लो समय डिजिटल सेवाहरूमा उल्लेख्य विस्तार गर्दै आएको छ ।

मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड र डिजिटल खाता सञ्चालन जस्ता नवीन सुविधाहरूमार्फत ग्राहकहरूलाई छिटो र सुविधाजनक सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

यस अन्तर्राष्ट्रिय उपाधिले भविष्यमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न र आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न प्रेरित गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS