IME Life New

सिद्धार्थ बैंकले पायो साढे २ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, ब्याज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्न सिद्धार्थ बैंकलाई अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ।

Esewa
Crest

बैंकले कुल इकाइमध्ये १५ लाख इकाइ व्यक्तिगत तरबबाट बिक्री गर्नेछ भने बाँकी इकाइ १० लाख इकाइ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।

बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याज पाउनेछन्।

सिद्धार्थ बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS