काठमाडौं । आइपीओ ल्याउन लागेको शुभश्री अग्नि सिमेन्टले आज पुस २४ गते वार्षिक साधारणसभा डाकेको हो।
कम्पनीको साधारणसभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्यांक्वेटमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभाले प्रबन्धपत्रको दफा ५ र ६ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले नियमावलीको नियमन २७ र २८ पनि परिमार्जन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिलाई शेयर दाखिला, पुँजी संरचना परिवर्तन, त्रुटि संशोधनलगायतका विषयमा निर्णयार्थ अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समितिबाट प्रस्तुत गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षमा सञ्चालक समितिबाट भएका निर्णयहरु पनि स्वीकृत गर्नेछ।












