IME Life New

शुभ लक्ष्मी कोषको आकर्षक लाभांश घोषणा, कहिलेसम्म कायम इकाइधनीले पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषको आर्थिक वर्ष २०८१।८२ का लागि आकर्षण लाभांश घोषणा गरिएको छ।

कोष प्रवर्द्धक लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्दै शुभ लम्मी कोषका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांशबापतको रकम पुनः लगानी गर्न सक्ने योजना पनि क्यापिटलले ल्याएको छ।

Esewa
Crest

इकाइधनीले आफूले प्राप्त गर्ने लाभांशबापतको रकम थप इकाइहरु खरिद गर्न सक्नेछन्। थप इकाइ खरिदका लागि इकाइधनीहरुले साउन १६ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्नेछ।

क्यापिटलले यस म्युचुअल फन्डको लाभांश वितरणका लागि आज साउन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन १२ गतेसम्म कायम इकाइधनीले यो म्युचुअल फन्डको लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS