IME Life New

आम्दानी बढ्दा शिवम सिमेन्टको २०५%ले बढ्यो नाफा, ईपीएस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्ट्सले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा वर्षमा ७९ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०।८१ मा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २०५.८५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ९९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी ६६.३० प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले उत्पादन बिक्री गरेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको आम्दानी ०.७८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम रिजर्भमा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य रिजर्भमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १४.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS