IME Life New

शिवम सिमेन्टको ५२८.५२%ले बढ्यो नाफा, आम्दानी रु. ३ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार शिवम सिमेन्टले चालु वर्षको ६ महिना पुससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५२८.५२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको ३ अर्ब ९ करोड ८२ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी ३ अर्ब १० करोड १६ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ०.११ प्रतिशतले घटेको छ।

चालु वर्षको पुससम्म कम्पनीको व्यापार खर्च २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च २ अर्ब ७० करोड १५ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ९.५४ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८०.३८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS