IME Life New

लाभांश पारित गर्न शिवम सिमेन्टले डाक्यो साधारणसभा, अरु के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम सिमेन्टले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख ५ हजार ५०० रुपैयाँको कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा २.५ प्रतिशतले हुन आउने बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्।

सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले रिक्त सञ्चालकमा गरिएको नियुक्ति तथा मनोनयन अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS